अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३८ | Colorodo: 15:53

डिजिटल नेपालका लागि विश्व बैङ्कले १७ अर्ब ५३ करोड सहयोग गर्दै

बिआरटीनेपाल २०७९ असार ३ गते ७:३७ मा प्रकाशित

विश्व बैङ्कले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गर्नका लागि सहायता प्रदान गर्ने भएको छ । ब्रोडब्यान्डमा १० लाख नेपालीहरूलाई जोड्नका लागि नेपालको डिजिटल रूपान्तरणमा विश्व बैङ्कले सहयोग गरेको जनाएको हो ।

विश्व बैङ्कको कार्यकारी निर्देशक बोर्डले आज डिजिटल नेपाल एक्सेलेरेसन (डिएनए) परियोजनाको लागि ब्रोडब्यान्डको पहुँच विस्तार गर्न र डिजिटल अर्थतन्त्रमा थप मानिसहरूलाई संलग्न गराउन १४ करोड डलर अर्थात आजको परिवर्त्य दर अनुसार १७ अर्ब ५३ करोड ८ लाख रूपैयाँ स्वीकृत गरेको छ ।

यो परियोजनाले डिजिटल नेपाल फ्रेमवर्क, २०१९ मा सरकारले घोषणा गरेको देशको डिजिटल अर्थतन्त्र रणनीतिको कार्यान्वयनमा सहयोग गर्ने र विशेष गरी ग्रामीण क्षेत्रका मानिसहरू र व्यवसायहरूको लागि परियोजनाले उच्च गुणस्तरीय र किफायती ब्रोडब्यान्ड सेवाहरूमा पहुँच सुधार गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू