अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५२ | Colorodo: 16:07

नेप्से करिब ३० अंकले घटेर १९ सय ६६ मा आइपुग्यो

बिआरटीनेपाल २०७९ असार १ गते ५:४३ मा प्रकाशित

शेयर बजारमा बुधबार पनि वियरिस ट्रेण्ड जारी रह्यो ।बजार परिसूचक नेप्से २९.८९ अंक बराबरले झरेर १९ सय ६६ कायम भएर थामियो ।सबै समूह ओरालो लाग्दा जीवन बीमा समूह सबैभन्दा उच्च २ सय अंक बराबरले झर्यो । निर्जीबन बीमा समूह पनि डेढ सय अंक नजिकले ओरालो लाग्यो । अरु पनि अधिकांश समूह दोहोरो अंकले घटे ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २९ कम्पनीको ४१ लाख ८२ हजार कित्ता शेयर १ अर्ब ४९ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यस दिन १ सय ७३ कम्पनीका लगानीकर्ताले गुमाउँदा मात्र २० कम्पनीको मूल्य बढेको पनि नेप्सेले जनाएको छ ।

घटेको बजारमा पनि आँधिखोला लघुवित्त वित्तीय संस्था र सिवाईसी नेपाल लघुवित्त कम्पनीका शेयर मूल्यमा भने सकारात्मक सर्किट लाग्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू