अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१२ | Colorodo: 01:27

शेयर बजार सामान्य बढ्यो, १ अर्ब ६२ करोड रुपैयाँको कारोबार

बिआरटीनेपाल २०७९ वैशाख ८ गते ७:१० मा प्रकाशित

काराेबार हुने हप्ताको अन्तिम दिन शेयर बजार आज बिहीवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ९४ अङ्कले बढेर दुई हजार तीन सय २५ दशमलव ४५ विन्दुमा पुगेको छ ।

आज बैंक, निर्जीवन बीमा, फाइनान्स र व्यापारबाहेक अरू समूहको शेयर सामान्य बढेको छ । शेयर बजार बढेकाे दिन दुई सय ३१ वटा कम्पनीका ३९ लाख ९१ हजार कित्ता शेयर एक अर्ब ६२ करोड ९१ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेस्डाे समृद्ध लघुवित्तको १० करोड ३६ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज सबैभन्दा धेरै ग्रीन भेन्चर्स कम्पनी र जालपा लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । यस्तै सबैभन्दा धेरै घलेम्दी हाइड्रो कम्पनीको शेयर झन्डै साढे ६ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय