अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५८ | Colorodo: 10:13

बुधवार पनि नेप्सेमा गिरावट, परिसूचक १९ अंकले ओरालो

बिआरटीनेपाल २०७८ चैत २ गते ५:३० मा प्रकाशित

शेयर बजार मापक नेप्से परिसूचक बुधबार पनि १९ अंक भन्दा बढीले गिरावट आएको  छ । पछिल्लो तीन दिनको कारोबारमा उच्च अंकले बढेको नेप्से परिसूचक मंगलबारदेखि गिरावटले निरन्तरता पाउन थालेको छ ।

बुधाबार नेप्से परिसूचक १९.६५ अंकले घटेर २ हजार ६३१.३२ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.२२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०२ अंकले घटेको छ ।

बुधबार कारोबारमा आएका २३१ कम्पनीको ४९ लाख  ६७ हजार ४७१ कित्ता शेयर २ अर्ब ५७ करोड ४ लाख १ हजार १८८ रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबारको तुलनामा बुधबार कारोबार रकम समेत घटेको छ । उक्त दिन ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार १७५ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ । जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा बढी २.०९ प्रतिशत बढेको छ । निर्जीवन बीमा उपसमूह ०.६४ प्रतिशतले बढेको छ । त्यस्तै, अन्य उपसमूहको परिसूचक सबैभन्दा धेरै  २.४७ प्रतिशत घटेको छ । त्यस्तै  व्यापार, विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतले घटेको छ ।

बुधबार नेप्से परिसूचकमा गिरावट आए पनि इमर्जिङ्ग नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, मैलुङखोला जलविद्युत कम्पनी, सोल्टी होटल र राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर मूल्य बढेको छ । तर यता, युनाइटेड इदी मार्दीको शेयरमूल्य ५ प्रतिशतले गिरावट आएको छ ।

कारोबार रकमका आधारमा १६ करोडभन्दा बढीको शेयर कारोबार गरेर नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ । गरिमा विकास बैंकको १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय