अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५३ | Colorodo: 10:08

सुन आयातमा आधा कटौती, दैनिक कोटा १० किलो मात्रै आयात गर्न पाइने

बिआरटीनेपाल २०७८ फागुन २२ गते ५:१३ मा प्रकाशित

रेमिट्यान्स घट्ने र आयात बढ्ने भएपछि नेपाल राष्ट्र बैङ्कले सुन आयातको कोटा कटौती गरेको छ । आज सूचना जारी गर्दै केन्द्रीय बैङ्कले दैनिक कोटा १० किलो तोकेको हो । यस अघि इजाजत प्राप्त वाणिज्य बैङ्कहरूले दैनिक २० किलो सुन आयात गर्न पाउँथे । रेमिट्यान्स घट्ने र आयात बढ्ने कारणले विदेशी विनिमय सञ्चितिमा दबाब परेपछि सुनको आयातका कडाइ गरिएको राष्ट्र बैङ्कले जनाएकोे छ ।

चालु आर्थिक वर्षको माघसम्म नेपालमा ३ हजार ६४३ किलो सुन आयात गर्दा मुलुकबाट २५ अर्ब २१ करोड ६८ लाख रुपैयाँ भन्दा धेरै रकम बाहिरिएको भन्सार विभागले जनाएको छ । मौद्रिक नीतिको समीक्षामार्फत नै विलाशीताको वस्तुमाथि नियन्त्रण गर्ने नेपाल राष्ट्र बैङ्कले बताएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय