२०७८ फागुन २, काठमाडौँ । साहित्यिक पत्रकार सङ्घ र सखी प्रतिष्ठानले सयुक्तरुपमा आयोजना गरेको प्रेम दिवस २०७८ को अवसरमा दुई दर्जन प्रेम कविता वाचन गरियो ।
दीप ज्योति इन (होटेल) बत्तीसपुतली, काठमाडौँमा आयोजित कार्यक्रममा कालो / निलो कोट पोसाकमा रातो मफलर / सललगाएर कविहरूले प्रेम विषयक कविता वाचन गरेका हुन ।
सो कार्यक्रममा साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले स्वागत मन्तव्य राख्दै प्रणय दिवसको बारे उल्लेख गरेका थिए । यस्तै सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलले धन्यवाद ज्ञापन गर्दै गरेकी थिइन ।
कार्यक्रममा कविहरू नरेन्द्रबहादुर श्रेष्ठ, किशोर पहाडी, प्रमोद प्रधान, प्राज्ञ बाबा बस्नेत, ठाकुर बेलबासे, शिव अधिकारी, यादव भट्टराई, मुरारी सिग्देल, शशी थापा, क्रान्ति पराजुली, गान्दारी कैनी, इलु शर्मा, रुपा पौडेल, पारु तिमिल्सिना, निशा रिमाल, मुना बोहरा, आरती राना, मनिला वन्त, त्रिलोचन प्रधान, मन्जिला अनिल, राधेश्याम लेकालीलगायतले आआफ्ना कविता वाचन गरेका थिए ।