अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३८ | Colorodo: 14:53

सरकारले कच्चा दूधको मूल्य बढाएलगत्तै दुग्ध संस्थानले उपभोक्ता मूल्य बढायो

बिआरटीनेपाल २०७८ माघ २७ गते ६:४० मा प्रकाशित

सरकारले किसानले पाउने कच्चा दुधको मूल्य मात्रै बढाएको दाबी गर्दै आए पनि सरकारी संस्थान दुग्ध विकास संस्थानले दुधको उपभोक्ता मूल्य बढाएको छ । संस्थानले शुक्रबारबाट लागू हुने गरी लिटरमा ९ रुपैयाँ बढाएर ८५ रुपैयाँ पुर्‍याएको छ ।

संस्थानले ३ प्रतिशत फ्याट भएको स्ट्यान्डर्ड निलो आधा लिटर प्याकेट दुधको उपभोक्ता मूल्य ४२ रुपैयाँ ५० पैसा, ५ प्रतिशत फ्याटको ५७ रुपैया, साढें ३ प्रतिशत फ्याटको ५१ र डेढ प्रतिशत फ्याटको टि मिल्कको ४० रुपैयाँ कायम गरको छ ।

सरकारले कच्चा दूधको मूल्य बृद्धि गरेको, पेट्रोलियम पदार्थको भाउ अत्यधिक बढेको, प्रशासनिक व्ययभार बढकाले दूधको मूल्य बढाउनु परेको संस्थानले नजाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय