अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०९
| Colorodo: 16:24
नेपालमा आन्तरिक हवाइ उडानको भाडादर वृद्धि भएको छ । नेपाल वायुसेवा सञ्चालक संघले शुक्रबारबाट लागूहुनेगरी भाडा बढाएको हो । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य बढाएपछि भाडादर १०५ रुपैयाँदेखि ४४५ सम्म वृद्धि गरेको संघले जनाएको छ ।
हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढीले मूल्य घटबढ भएको अनुपातमा भाडा समायोजन गर्ने अधिकार संघको छ । सबैभन्दा बढी काठमाडौं–धनगढीको भाडादर ४४५ रुपैयाँ बढेको छ । यस्तै काठमाडौं–विराटनगर २४०, काठमाडौं–पोखरा १६०, काठमाडौं–नेपालगञ्ज ३२५, काठमाडौं–भद्रपुर, काठमाडौं–भरतपुर १०५ रुपैयाँ बढेको संघले जनाएको छ ।
यस्तै माउन्टेन फ्लाइटको भाडादर पनि ३४५ रुपैयाँले बढेको छ । पछिल्लो पटक नेपाल आयल निगमले हवाइ इन्धनमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको छ ।