अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४९ | Colorodo: 09:04

गण्डकी प्रदेशमा थप ११४ जनामा संक्रमण पुष्टि, १ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ पुष २७ गते ६:०१ मा प्रकाशित

गण्डकी प्रदेशमा थप ११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३६४ जनामा गरिएको परीक्षणमा ११४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ५७ जना महिला र ५७ जना पुरुष रहेका छन् । प्रदेशमा केही दिनदेखि क्रमश कोरोना संक्रमण उच्चरुपमा बृद्धि भएको छ । शुक्रबार १६ जना संक्रमित देखिएकोमा आइतबार प्रदेशका विभिन्न जिल्लामा ३८ जना संक्रमित भेटिएको थियो ।

त्यस्तै सोमबार फेरी त्यो संख्या बढेर ७० पुगेको थियो भने मंगलबार प्रदेशमा ११४ जनामा संक्रमण देखिएको छ । शुक्रबारदेखि मंगलबार सम्मको तुलना गर्दा प्रदेशमा कोरोना संक्रमण तिव्ररुपमा फैलिएको अनुमान गर्न सकिन्छ । पछिल्लो २४ घण्टामा संक्रमित हुनेमा कास्कीका ७५, बागलुङ ५, स्याङजा ८,म्याग्दी ४, गोरखा ६, तनहुँ ७ र नवलपरासी पूर्वमा ९ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ८८ हजार ७६० पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू