अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२१
| Colorodo: 09:36
नेपाली स्याटेलाइट ‘स्यानोस्याट–१’लाई बिहीबार स्पेस–एक्सको फाल्कोन–९ रकेटबाट पृथ्वीको कक्षमा प्रक्षेपण गरिने भएको छ । विश्वकै धनी इलोन मस्कको कम्पनी स्पेस–एक्सको उक्त रकेटबाट नेपालमै निर्मित स्याटेलाइट अन्तरीक्षमा पठाइन लागिएको हो । अन्तरिक्षसम्बन्धि खोज अनुसन्धान गर्ने नेपाली वैज्ञानिकहरुको कम्पनी ओरिएन स्पेसले निर्माण गरेको २५० ग्राम तौलको उक्त स्याटेलाइटले एकवर्ष पृथ्वीको कक्षमा रहेर काम गर्नेछ ।
५ सय किमी लामो कक्षमा रहेर उक्त स्याटेलाइटले सूर्यका विकिरणहरु बिटा र गामाको अध्ययन एवं मापन गर्ने तथा डिजिटल रिपिटरको रुपमा काम गर्नेछ ओरिएन स्पेसका रिसर्च तथा डेभलपमेन्ट इन्जिनियर जितेन थापाका अनुसार नेपाली समयानुसार जनवरी १३ तारिखमा बिहीबार बेलुका ९ बजेर १५ मिनेटमा स्याटेलाइट रकेटमार्फत कक्षतर्फ पठाइनेछ ।
