अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०४
| Colorodo: 03:19
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय एकता अझै बलियो बनाइने बताउनुभएको छ । कांग्रेसकै नेतृत्वमा राष्ट्रिय एकता बलियो बनाउने देउवाको भनाइ छ ।
आज राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा बीपी जेल बसेको स्थान सुन्दरीजल पुगेर देउवाले भन्नुभयो, ‘राष्ट्रिय एकताको आवश्यकता छ। राष्ट्रिय एकता अझै बलियो बनाउँछौं। कांग्रेसले नै यसको नेतृत्व लिनुपर्छ।’ नेपाल संघीय गणतन्त्रात्मक देश भएकोले सात प्रदेशबीच एकता पनि आवश्यक रहेको प्रधानमन्त्री देउवाको भनाइ थियो।
प्रधानमन्त्रीले मेलमिलाप नीतिको सान्दर्भिकता अझै रहेकोले यसलाई अगाडि बढाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
