अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४५
| Colorodo: 02:00
शेयर बजार परिसूचक नेप्से लगातार तेस्रो दिन पनि बढेको छ । नेप्से बिहीवार १२ दशमलव ५३ प्रतिशतले बढेर दुई हजार पाँच सय २० दशमलव २३ विन्दुमा पुगेको छ ।आज बैंकिङ, व्यापार, होटल, बीमा, उत्पादन, माइक्रोफाइनान्स र लगानी समूहको शेयर बढेको छ । विकास बैंक, फाइनान्स र जलविद्युत समूहको शेयर भने घटेको छ ।
आज दुई सय २९ कम्पनीका ८३ लाख २३ हजार कित्ता शेयर चार अर्ब ४९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ३६ करोड २४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
आज शिखर इन्सुरेन्स, वरुण हाइड्रो र जीवन विकास लघुवित्त कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि गोर्खाज फाइनान्सको शेयर झन्डै सात प्रतिशतले तथा सिन्धु विकास बैंक र साम्लिङ पावर कम्पनीको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ ।