अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४७
| Colorodo: 07:02
भारतको पञ्जाबस्थित लुधियानाको अदालत परिसरमा बम विस्फोट हुँदा दुई जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । विस्फोटपछि घाइते भएकालाई अस्पताल भर्ना गरिएको छ भने घटनास्थलमा प्रहरीका वरिष्ठ अधिकारीहरू उपस्थित छन् । उनीहरुले अदालतलाई पूरै घेरेर कडा सुरक्षामा राखेका छन् ।
लुधियानाको प्रहरी कमिश्नरले बीबीसीलाई दिएको जानकारी अनुसार विस्फोट दिउँसो १२ बजेर २२ मिनेटमा अदालतको दोस्रो तलामा रहेको रेकर्ड कक्षमा भएको हो ।