अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५४ | Colorodo: 12:09

बेलायतको वायु सेनाले सिरियामा विद्रोही समूहको ड्रोन खसाल्यो

बिआरटीनेपाल २०७८ पुष २ गते ७:३५ मा प्रकाशित

बेलायतको वायु सेनाले सिरियामा विद्रोही समूहको ड्रोन खसालेको छ ।रोयल एअर फोर्सको टाइफुन जेटले सिरियामा शत्रुपक्षको एउटा ड्रोनलाई खसालेको बीबीसीले जनाएको छ ।

झण्डै ४० वर्षअघि फल्कल्याण्ड युद्धयता बेलायतको सेनाले पहिलो पटक शत्रुपक्षको विमानलाई निसाना बनाएको बेलायतका रक्षामन्त्री बेन वालेसले बताउनुभएको छ । इराक नजिकैको सीमा क्षेत्रमा यो हमला भएको थियो । तर विपक्षी समूहबारे खुलाइएको छैन ।

बेलायतको हवाई सेनाले प्रयोग गरेको क्षेप्यास्त्रको मूल्य लगभग दुई लाख पाउन्ड पर्छ र त्यो सुपरसोनिक अर्थात ध्वनिभन्दा तेज गतिमा उड्न सक्छ । आरएएफ टाइफुन मार्फत गरिएको यो पहिलो हवाई कारबाही हो । इराक वा सिरियामा पनि बेलायतको हवाई फौजले पहिलो पटक नै हमला गरेको खबरमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू