अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३६ | Colorodo: 05:51

ग्लोबल युथ लिडरसीप समिट काठमाडौंमा सुरु

बिआरटीनेपाल २०७८ मंसिर ३ गते ६:३६ मा प्रकाशित

‘ग्लोलब युथ लिडरसीप समिट, २०२१’ काठमाडौंमा सुरु भएको छ । ग्लोबल युथ पार्लिमेन्टले आयोजना गरेको कार्यक्रमको शुक्रबार उपराष्टपति नन्दबहादुर पुनले उद्घाटन गर्दै शुरुवात गर्नुभएको हो । विश्वका ४२ भन्दा बढी राष्ट्रका प्रतिनिधिहरू सहभागी कार्यक्रम तीन दिनसम्म चल्नेछ ।

कार्यक्रममा ईमेज च्यानलका सम्पादक राजन कुईंकेलसहित विभिन्न राष्ट्रबाट आएका प्रनिनिधिहरू ग्लोबल लिडरसिप अवार्डबाट सम्मानित हुनुभएको छ । उहाँले ‘ग्लोबल पिस एण्ड ह्युमन राइट्स’ अवार्ड प्राप्त गर्नुभएको हो । उपराष्ट्रपति पुनले अवार्ड प्राप्त गरेका प्रतिनिधिलाई बधाई दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय