अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४६ | Colorodo: 05:01

मुगुको गमगढीमा भीषण आगलागी, २१ वटा घर जलेर नष्ट

बिआरटीनेपाल २०७८ कार्तिक २९ गते २२:२२ मा प्रकाशित

मुगुको सदरमुकाम गमगढीमा भीषण आगलागी भएको छ ।गमगढीमा राति साढे १२ बजेदेखि आगो लाग्दा २१ वटा घर जलेर पूर्ण नष्ट भएको छ । अहिले आगोलाई फैलनबाट रोके पनि पूरै आगो निभिनसकेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो ।

उहाँकाअनुसार साँघुरो र बाक्लो बजारका कारण धेरै नोक्सानी भएको छ।अहिले पनि सेना, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाउने काम भइरहेको छ । आगोलाई फैलिनबाट रोक्न बीचमा रहेका घरलाई भत्काएर ठाउँ खाली गर्न थालिएको उहाँले बताउनुभयो । क्षतिको  पूर्ण विवरण आइसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय