अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१६ | Colorodo: 11:31

नेकपा एमालेको ७३ जिल्लामा महाधिवेशन प्रतिनिधि छनोट

बिआरटीनेपाल २०७८ कार्तिक २८ गते ६:४२ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी एमालेको १० औं महाधिवेशनका लागि ७३ जिल्लामा प्रतिनिधि छनोट सकिएको छ । एमाले केन्द्रीय प्रचार विभागका अनुसार महाधिवेशन प्रतिनिधि छनोट सकिएको हो ।

केही जिल्लामा क्षेत्रगत निर्वाचन भएपनि बाँकी जिल्लामा सहमतिका आधारमा प्रतिनिधि छनोट भएको विभागले जनाएको छ । प्रतिनिधि छनोट हुन बाँकी जिल्लामा भोलिसम्म प्रतिनिधि छनोट सकिने बताइएको छ ।

मंसिर १० देखि १२ सम्म चितवनमा हुने महाधिवेशनका लागि एमालेले १ हजार ९ सय ९९ प्रतिनिधि चयन गर्ने जनाएको छ । एमालेले कात्तिक ३० गते महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय