अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३४
| Colorodo: 07:49
जाजरकोटमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
सुर्खेतदेखि जुनीचाँदेका लागि छुटेको बा ५ ख २५०१ नम्बरको मिनीट्रक जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटना हुँदा जाजरकोटका जुनीचाँदे गाउँपालिका २ बस्ने १४ वर्षका पारस सिंह र त्यहीँ ठाउँका २६, २७ वर्षका दिलबहादुर शाहीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
दुर्घटनामा हराइरहेका एक जना सम्पर्कमा आएका छन् । योसहित घाइते हुनेको सङ्ख्या आठ पुगेको छ । चालकसहित दुई जनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेको सुर्खेतमा उपचार भइरहेको छ ।