अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४३
| Colorodo: 05:58
नेपालमा कोरोना भाइरसका ४ सय ५५ संक्रमित थपिएका छन् । ६ हजार २ सय १४ जनाको परीक्षणबाट ७।३३ प्रतिशतमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
३ हजार ४ सय १८ पीसीआर परीक्षणबाट भने ११ दशमलव ६५ प्रतिशतमा संक्रमण पुष्टि भएको हो ।थपिएकामा काठमाडौंका १ सय ४७, रुपन्देहीका ५१, ललितपुरका ४९ । मोरङ्गका ३० तथा भक्तपुरका २० जना हुन् ।
८ सय ४ जना संक्रमणमुक्त भएका छन् । थप ८ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २ सय ६९ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १३ हजार ८ सय ५३ रहेको छ ।