अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३५
| Colorodo: 08:50
रुसमा विमान दुर्घटना हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । रुसको स्थानीय सञ्चारमाध्यमका अनुसार ‘पारासुट जम्पर’ सवार विमान दुर्घटनामा परेको हो । समाचारमा उल्लेख गरिएअनुसार दुर्घटनाग्रस्त विमानबाट सात जनालाई जीवितै उद्धार गरिएको छ । समाचारमा बताइए अनुसार अहिले दुर्घटनामा परेको विमान एल–४१० टुर्बोलेट हो ।
आपतकालीन मन्त्रालयले सार्वजनिक गरेको तस्वीरमा विमानको अगाडिको भाग दुर्घटनामा जमिनमा गाडिएको र आधा भागमा विमान भाँचिएको देख्न सकिन्छ । अहिले उपचारको क्रममा रहेका सातजना मध्ये एकजनाको अवस्था गम्भीर रहेको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
पछिल्ला केही वर्षमा रुसमा हवाई सुरक्षाको मापदण्ड सुधार गरिएको छ तर दुर्घटना हुने क्रम भने रोकिएको छैन । गत महिना रुसको सुदुर पूर्वमा एन–२६ विमान दुर्घटना भएको थियो ।