अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१४
| Colorodo: 20:29
नेपाल वायुसेवा निगमको बोइङ ७५७ ‘गण्डकी’ बिक्री भएको छ । दुई वर्षदेखि ग्राउण्डेड जहाज अमेरिकी कम्पनी सीएफडीएसलाई ६८ करोड रुपैयाँमा बिक्री गरिएको हो ।निगमका प्रवन्ध निर्देशक डीमप्रसाद पौडेलले बोइङ बिक्रीको टुंगो लागिसकेको जानकारी दिनुभयो । जहाजको सिरियल नम्बर २३८६३ छ भने मोडल बी ७५७–२ एफ ८ सीबी हो । सन् १९८८ मा बनेको उक्त जहाजले ८९ हजार ४ सय ६२ घण्टा उडान गरिसकेको छ ।
रोल्स–रोयस इन्जिन भएको उक्त जहाज निगमले ३० वर्षअघि किनेको थियो । चार दशकअघि दक्षिण एसियामै पहिलोपटक नेपालमा बोइङ आएको थियो । चार वर्ष अघि भवन भट्टको बीबी एयरलाइन्सले १४ करोड ६० लाख रुपैयाँमा बोइङ ७५७ ‘कर्णाली’ किनेको थियो । ‘कर्णाली’ले ८६ हजार चार सय १० घण्टा उडान गरिसकेको यो बोइङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको छ । योसँगै अब निगमसँग एयरबसको मात्रै जहाज छ ।