अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५९ | Colorodo: 21:14

तत्काल उखु किसानको रकम भुक्तानी नगरे संघर्षमा उत्रिने ६ वटा किसान संगठनको चेतावनी

बिआरटीनेपाल २०७८ भदौ ६ गते ५:४९ मा प्रकाशित

चिनी उद्योगहरुले उखु किसानको रकम तत्काल भुक्तानी नगरे चिनी उद्योग, व्यापारी र सरकारविरुद्ध कडा आन्दोलन गर्ने विभिन्न ६ वटा किसान संगठनहरुले चेतावनी दिएका छन्।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (अप्फा), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान युनियन र अखिल नेपाल प्रगतिशील किसान संघले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन्।

उनीहरुले केपी ओली सरकारले जस्तो किसानमाथि बेइमानी नगर्न सरकारलाई सचेत गराएका छन्। उखु किसानको रकम एकमुष्ट भुक्तानी गर्नुपर्ने उनीहरुको माग छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय