अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४६ | Colorodo: 17:01

भूतपूर्व गोरखा सैनिकको आन्दोलनमा विश्व ट्रेड युनियनको ऐक्यबद्धता

बिआरटीनेपाल २०७८ साउन २९ गते ९:१० मा प्रकाशित

भूतपूर्व गोरखा सैनिकको जारी आन्दोलनमा विश्व ट्रेड युनियन महासङ्घले ऐक्यबद्धता जनाएको छ । बेलायती सैनिकमा काम गरेर निवृत्त भएका नेपाली भूतपूर्व गोरखा सैनिकहरुलाई बेलायत सरकारले सेवा निवृत्त पछि प्रदान गर्ने पेन्सन लगायतका अन्य सुविधा प्रदान गर्दा पक्षपात र भेदभाव गरेको भन्दै गरिएको आन्दोलनमा ट्रेड युनियनले ऐक्यबद्धता जनाएको हो ।

महासंघले आन्दोलनरत सैनिकहरुको जीवन रक्षाका लागि र समस्या समाधानका लागि शीघ्र कुटनैतिक पहल गरी बेलायत सरकार संग छलफल गरेर समस्या समाधान गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । विश्व ट्रेड युनियत महासंघ, समन्वय समिति नेपालका संयोजक प्रेमलकुमार खनालको हस्ताक्षरमा जारी विज्ञप्तिमा गोर्खा भर्ती सन्धि नेपालले अवलम्बन गरेको पंचशीलको सिद्धान्त विपरीत रहेको भन्दै यसलाई खारेज गर्न समेत माग गरिएको छ ।

बेलायत सरकारले सेवा निवृत्तपछि प्रदान गर्ने पेन्सन लगायतका अन्य सुविधा प्रदान गर्दा पक्षपात र भेदभाव गरेको भन्दै ‘वर्दी उस्तै, हतियार एउटै तर सुविधामा किन भेदभाव ?’ भन्दै भूतपूर्व गोरखा सैनिक गत जुलाई २१ देखि अनसन बस्दै आएको छ ।

गत शनिबारदेखि अभियानकर्मी धन  राई, ज्ञान राज राई, पुष्पा राना घले ३ जना मध्य लण्डनमा आमरण अनसनमा बसेका छन र भूतपूर्व गोरखा सैनिकका परिवारजनहरुले समेत भोकहडतालमा ऐक्यबद्धता प्रकट गर्दै आन्दोलनका विभिन्न कार्यक्रम संचालन गरिरहेका छन् । ३० वर्ष देखि समान सुविधाको माग गर्दै आन्दोलन शुरुआत गरेका भूतपूर्व गोरखा सैनिकहरुको आन्दोलन यस पटक उत्कर्षमा पुगेको छ ।

प्रतिक्रिया