अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०८ | Colorodo: 21:23

नेप्सेमा कीर्तिमान, बजार पूँजीकरण ४४ खर्ब ३७ अर्ब

बिआरटीनेपाल २०७८ साउन २८ गते ७:४८ मा प्रकाशित

विकास बैंकको शेयरमा लगानीकर्ताको आकर्षण देखिएपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार हुने साताको अन्तिम दिन आज नेप्से १६।४१ अंकले बढेर तीन हजार १७९ मा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.४६ बिन्दुले बढेर ५९१.१६ मा पुगेको छ । कूल २२५ कम्पनीको तीन करोड ६६ लाख आठ हजार ४६१ कित्ता शेयर १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार ११५ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका १३ उपसमूहमध्ये सात उपसमूहको शेयर मूल्यमा सुधार आउँदा छ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ८.९९, विकास बैंक ३४४.४१, वित्त ३१.७७, उत्पादन ९९.२५, जीवन बीमा ३१.०५, सामूहिक लगानी कोष ०.०८ र लगानी १.७१ बिन्दुले बढेको छ । व्यापार ५९.१७, होटल तथा पर्यटन ३७.८४, जलविद्युत् १२.२३, अन्य ९.१ र लघुवित्त ५.६५ बिन्दुले ओरालो लागेको छ ।

कारोबारका आधारमा बिहीबार माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६२ करोड ७९ लाख ९७ हजार ८०० रुपैयाँबराबरको कारोबार भयो । कामना सेवा विकास बैंक रु ५९ करोड ७४ लाख ४४ हजार ३०२, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक ४८ करोड ८३ लाख पाँच हजार ५२३, एचआइडिसिएल ४४ करोड पाँच हजार ७८८ र गरिमा विकास बैंक ४१ करोड ५८ लाख ४५ हजार ९४६ रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार बिहीबार विभिन्न सात कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसमा महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, माउण्टेन इनर्जी नेपाल, रुरु जलविद्युत् परियोजना, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

यस्तै पाँचथर पावर कम्पनी ३।९९, आइसिएफसी फाइनान्स ३.८९, ओरियन्टल होटल ३.८२,सारथी नेपाल लघुवित्त ३.५३ र तारा  गाउँ रिजेन्सी होटलका लगानीकर्ताले ३.५० प्रतिशतले गुमाए । आजको कारोबारपछि बजार पूँजीकरण ४४ खर्ब ३७ अर्ब २७ करोड पाँच लाख ३० हजार ५११ रुपैयाँ बराबर पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय