अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२१ | Colorodo: 00:36

कोभिड प्रभावित व्यवसाय पुनरुत्थानका लागि पुर्नकर्जा एक खर्ब ४८ अर्ब रुपैयाँ स्वीकृत

बिआरटीनेपाल २०७८ असार ३१ गते ७:४४ मा प्रकाशित

जेठ मसान्तसम्म कोभिड प्रभावित व्यवसाय पुनरुत्थानका लागि राष्ट्र बैंकले प्रदान गर्दै आएको पुर्नकर्जा एक खर्ब ४८ अर्ब रुपैयाँ स्वीकृत भएको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको ११ महिनाको वित्तीय विवरणअनुसार स्वीकृतमध्ये एक खर्ब २७ अर्ब ९ करोड रुपैयाँ भने लगानी भइसकेको छ । यस्तै व्यवसाय पुर्नउत्थानका लागि सरकारले प्रदान गरेको सहुलियतपूर्ण ऋण लगानी कृषि तथा पशुपन्छी क्षेत्रमा अत्यधिक रहेको पाइएको छ ।

जेठ मसान्तसम्म एक खर्ब ५० अर्ब ९६ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण कर्जा प्रवाह भएकोमा एक खर्ब दुई अर्ब ८३ करोड रुपैयाँ कृषि र पशुपन्छी क्षेत्रमा लगानी भएको राष्ट्र बैंकले जनाएको छ । कृषि तथा पशुपन्छी क्षेत्रमा यस्तो कर्जा लिनेको ऋणी ४४ हजार ७ जना छन् । यस्तै महिला उद्यमशील कर्जा शीर्षकमा ५० हजार ५१३ उद्यमीले ४४ अर्ब ६६ करोड ऋण लिएका छन् । अन्य शीर्षकमा २ हजार ५३३ ऋणीले तीन अर्ब ४७ करोड कर्जा लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय