अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०८ | Colorodo: 05:23

नेपालले आर्थिक अभावका कारण खोप ल्याउन ढिलाइ गर्न नहुने – विश्व बैंक

बिआरटीनेपाल २०७८ असार २५ गते ७:५२ मा प्रकाशित

विश्व बैंकले कोभिड–१९ खोप खरिदका लागि नेपाललाई आर्थिक सहायताको प्रतिवद्धता जनाएको छ ।र्चुअल पत्रकार सम्मेलनमा विश्व बैंकका नेपाल निर्देशक फरिस हदाद जर्भोसले नेपालले अनुदानमा उपलब्ध गराइने खोपको प्रतिक्षा गर्न नहुने बताउनुभयो ।निर्देशक जर्भोसले कोभ्याक्स संयन्त्रले सेकेन्ड विन्डो कार्यक्रममार्फत वितरण गर्ने खोप नेपालले खरिद गर्नुपर्ने बताउनुभयो ।

विश्व बैंकले यसअघि अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सनबाट हुने खोप खरिदमा आर्थिक सहायताको प्रतिबद्धता जनाएको थियो । पैसाकै कारण खोप ल्याउन ढिलाइ हुन नहुने भन्दै निर्देशक फरिसले खोप खरिदका लागि विश्व बैंकले नेपाललाई सहयोग गर्ने बताउनुभयो ।यसअघि नै विश्व बैंकले खोप खरिदका लागि १०० मिलियन डलर उपलब्ध गराएको छ ।

खोप खरिदका लागि थप १६० मिलियन डलर एसियाली विकास बैंकमार्फत उपलब्ध गराइनेछ फरिसको भनाई छ । नेपाललाई खोप खरिदका लागि आवश्यक पर्न सक्ने २६० मिलियन डलर समेत सघाउन बैंक तयार रहेको निर्देशक फरिसको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय