अमेरिका । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाले २०२१-२०२३ को निम्ति भएको निर्वाचन सम्पन्न गर्न भूमिका खेल्नुहुने तथा जिम्मेवारी वहन गर्नुहुने सबैप्रति आभार व्यक्त गरेको छ।
एनआरएनए एनसीसी अमेरिकाका प्रवक्ता ओम भट्टराइका अनुसार कार्यसमितिको अध्यक्ष सुनिल साहको अध्यक्षतामा बैठक बसी वर्ष २०२१ देखि २०२३ सम्मको कार्यकालको निम्ति नवनिर्वाचित अध्यक्ष बुद्धि सागर सुबेदी लगायत सबै पदाधिकारी तथा बोर्ड सदस्यहरूलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ।
यसका साथै अमेरिकी राजनीतिको चलन जस्तै अब एनआरएनए एनसीसी अमेरिकाको निर्वाचित कार्यसमितिले जुलाई ३, २०२१ मा आफ्नो पदभार लिनु पूर्व नै ट्राञ्जिशनको प्रक्रिया सुरु गर्न एक्सेस पाउनेछ।
यसै गरी जुलाई ३ र ४, २०२१ मा न्यूयोर्कमा हुन आयोजित सङ्घको १० औँ साधारण सभाको तयारीका सन्दर्भमा कन्भेनर तथा सङ्घका उपाध्यक्ष बिआर लामाले तयारीबारे जानकारी गराएका थिए। यसका साथै बैठकले नेपालमा अक्सिजन प्लान्ट निर्माण गर्ने सङ्घको पूर्व निर्णय अनुरूप सञ्चालन भइरहेको आर्थिक सहयोग सङ्कलनको कार्यलाई अझ प्रभावकारी बनाउने निर्णय समेत भएको छ।