अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५८ | Colorodo: 17:13

मौसम सफा भएसंगै सगरमाथामा आरोहीको भीडभाड

बिआरटीनेपाल २०७८ जेठ १६ गते ७:५८ मा प्रकाशित

मौसम खुल्ला भएसँगै सगरमाथा आरोहीहरुले पुनः आरोहण सुरु गरेका छन्। मौसम सफा भएपछि आरोहण फेरी सुरु भएको हो । करिब ६० जना विदेशी आरोहणको क्रममा रहेको पर्यटन विभागले जनाएको छ। एकैपटक धेरै आरोहीहरु शिखरतर्फ लम्किदा क्यूमा बस्नुपर्ने स्थिति समेत देखिएको बताइएको छ ।

यस वर्षको पहिलो सिजनका लागि ४ सय ८ जनाले विभागबाट अनुमति लिएका थिए । तीमध्ये धेरैले आरोहण गरिसकेको विभागकी निर्देशक मिरा आचार्यले बताउनुभयो ।केहि दिनपहिले मौसममा आकस्मिक परिवर्तन आएपछि पर्यटन विभागले ओरोही तथा पर्वतीय पथप्रदर्शकहरुलाई सुरक्षित रहन आग्रह गरेको थियो।

मौसम खराब भएपछि ८ हजार मिटर उचाईमा पुगेका आरोही केहि तल सुरक्षित स्थानमा झरेका थिए। मौसमका कारण आरोहण प्रभावित भएपछि वसन्त यामको अरोहण अवधि बढाएर जुन ३ सम्म पुर्याएको छ । वसन्त यामको आरोहण अनुमति मे महिनाको अन्तिमसम्म मात्र हुँदै आएको छ ।

यस पटकको वसन्त याममा मे ७ मा काजी शेर्पा लगायतको टोली सबैभन्दा पहिले सगरमाथा शिखरमा पुगेको थियो । त्यसदेखि यता २० दिनमा झण्डै ३५० जना आरोही शिखरमा पुगेका छन् । २ सय जना आरोहीले भने कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै आरोहण परित्याग गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय