अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०७ | Colorodo: 09:22

फिल्म छायांकनका लागि आकर्षक गन्तव्यको सूचीमा नेपाल

बिआरटीनेपाल २०७७ चैत १७ गते ८:१५ मा प्रकाशित

नेपाल फिल्म छायांकनका लागि संसारकै आकर्षक गन्तव्य मुलुकको सूचीमा परेको छ । हलिउड इन्साइडर म्यागेजिनले फिल्म सुटिङका लागि उत्कृष्ट ६ साना मुलुकको सूची तयार पारेको छ । जसमा नेपाल दोस्रो नम्बरमा परेको छ ।

फिल्म छायांकनका लागि संसारका उत्कृष्ट ६ साना मुलुकको सूचीमा नेपालसहित इस्टोनिया, जर्जिया, श्रीलंका, ट्रिनिडाड एन्ड टोबागो र क्रोएसिया समावेश छन् । हलिउड इन्साइडरका लागि डेभिड सिनसेजले तयार पारेका समाचार सामग्रीमा नेपाललाई सांस्कृतिक र भौगोलिक विविधतासहितको अति रमणीय देशको रुपमा प्रस्तुत गरिएको छ ।

समाचारमा हिमाल, राष्ट्रिय निकुञ्ज, पार्क, तालतलैया, वास्तुकला, मुस्ताङी ल्यान्डस्केप, पोखरेली विविधता नेपालका लागि आकर्षक गन्तव्य रहेका लेखिएको छ । सांस्कृतिक र भौगोलिक विविधताको साथै नेपालीको आतिथ्य संस्कारको कारण फिल्म छायांकन अझै सजिलो हुने उल्लेख छ ।

नेपालले एलजीबीटीआइक्यूलाई समानता प्रदान गरेर मानव अधिकार र प्रगतिमा पाइला चालेको उल्लेख गर्दै म्यागजिनले स्वतन्त्रताका साथ फिल्म छायांकन गर्न सकिने पनि जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू