अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५८
| Colorodo: 14:13
चर्चित गीत ‘फूलबुट्टे सारी’ अब अफ्रिकी महिलाको आवाजमा सुन्न पाइने भएको छ । युगान्डाकी वियोन्से फ्यामेसीको आवाजमा शुक्रबार उक्त गीत सार्वजनिक भएको छ । अहिलेसम्म यो गीत नेपाली गायक मार्मिक लामा, मिलन नेवार, अरिष्मा सिवाकोटी, मदन कृष्ण श्रेष्ठको स्वरमा सुनिरहेका थियौं। यही गीतको थुप्रै कभरहरू पनि युट्युबमा पाइन्छ।
यो गीतको रचनाकार र संगीतकार राजनराज सिवाकोटी हुन्। उनले गाएको ‘फूलबुट्टे सारी’को म्युजिक भिडियोमा सेरा सेरा र राजु खड्काको प्रस्तुति छ। भिडियो डिका गुरुङको निर्देशन, छायांकन र सम्पादनमा तयार भएको हो । एक हप्ता अगाडी सार्वजनिक भएको उक्त गीत सामाजिक सञ्जाल तथा टिकटकमा चर्चामा आएको छ । यतिबेलासम्म उक्त गीतको भिडियोले ५० हजार बढी भ्यूज नाघिसकेको छ ।