अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४४ | Colorodo: 12:59

असीम कुमार कटुवालको एकपछि अर्को उत्कृष्ट प्रस्तुति “लेकमा भेडी” भिडियो सहित”

बिआरटीनेपाल २०७७ चैत ६ गते १०:५४ मा प्रकाशित

काठमाडौँ । मौलिक लोक तथा दोहोरी गीत सङ्गीतका प्यासी मनहरूका लागि भाइरल गायिका मेनुका परियार र असीम कुमार कटुवालको सुमधुर स्वरमा “लेकमा भेडी” बोलको गीत भर्खरै मात्र सार्वजनिक भएको छ । उक्त गीत स्थायी घर दोलखा भएर हाल काठमाण्डौमा रहँदै नेपाली लोक तथा दोहोरी गीत सङ्गीतको क्षेत्र सम्वृद्धिका लागि जुटिरहेका असीम कुमार कटुवालको प्रस्तुतिमा रहेको छ । 

उनले यस अगि पनि थुप्रै मौलिक गीतहरू आफ्ना श्रोता तथा दर्शकहरू माझ पस्की सकेका छन् । कुनै पनि नेपाली लोक तथा दोहोरी गीतहरू सार्वजनिक गरिरहँदा मौलिकतालाई ख्याल गरिएन भने उसको साङ्गीतिक यात्रा गन्तव्य विहीन हुने असीमको धारणा रहेको छ ।

“लेकमा भेडी” बोल गीतलाई विष्णु तामाङले लय भएका हुन् भने शब्द गायक स्वयम असीम कुमार कटुवालको रहेको छ । गीतको म्युजिक भिडियोमा मनोज बुढाथोकी ‘मनु’ र आयुश्मा कार्कीको अभिनय देख्न सकिन्छ । प्रस्तुत गीतको भिडियोलाई नारायण मगर, छायंकन सुमन तामाङ र सम्पादन निर्देशन स्वयम नारायण मगरले गरेका छन् । गीतको अडियो तथा भिडियोलाई असीम कुमार युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू