अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३६ | Colorodo: 06:51

कैदीहरूलाई खोप कार्यक्रममा समेट्न एम्नेस्टी इन्टरनेशनलको आह्वान

बिआरटीनेपाल २०७७ चैत ५ गते ८:२३ मा प्रकाशित

मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनलले कैदीहरूलाई राष्ट्रिय खोप कार्यक्रममा समेट्न आह्वान गरेको छ । भीडभाडपूर्ण अवस्थाका थुनुवा कक्षमा रहेका लाखौं व्यक्तिहरूलाई राष्ट्रिय खोप कार्यक्रममा समेट्न संस्थाले आग्रह गरेको हो ।‘कारागारमा बिर्सिएकाहरूः कोभिड–१९ र कारागार’ नामक प्रतिवेदन सार्वजनिक गर्दै संस्थाले कारागारमा कोभिड–१९ संक्रमणको चिन्ताजनक अवस्था रहेकाले बन्दी र कैदीहरूलाई खोप कार्यक्रममा सहभागी गराउन आग्रह गरेका हुन् ।

‘विश्वभर खोप वितरणसम्बन्धी रणनीति र योजनाले आकार लिन सुरू गरको भए पनि धेरै सरकारहरू विशेष जोखिममा रहेका कैदीहरूलाई खोप लगाउने योजनाबारे मौन छन्’, प्रतिवेदनमा भनिएको छ ।

संस्थाले कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्दा कैदी बन्दीहरू विस्मृतिमा परेको जनाएको छ । उसले कोभिड नियन्त्रणका उपायहरूका कारण मानवअधिकारका गम्भीर उल्लङ्घन भएको पनि उल्लेख गरेको छ ।प्रतिवेदनले विश्वभर कारागारमा रहेका एक करोड दश लाख भन्दा बढी कैदीहरू रोग सङ्क्रमणको केन्द्र बन्ने जोखिम बढेकोतर्फ सचेत गराउँदै धेरै कैदीहरूले साबुन, उचित सरसफाइ अथवा व्यक्तिगत सुरक्षात्मक उपकरणको पहुँचका लागि सङ्घर्ष गर्नु परेको जनाएको छ ।

संस्थाले कारागमारमा भौतिक दूरी कायम गर्न कैदीहरूलाई गाह्रो भएको र उनीहरूका लागि स्वास्थ्य सेवा पनि सीमित रूपमा मात्रै उलपब्ध गराइएको बताएको छ । सरकारहरूले अद्यावधिक र विश्वसनीय जानकारी सार्वजनिक रूपमा प्रदान गर्न नसकेका कारण कारागारहरूमा कोभिड–१९ संक्रमण र यसबाट भएको मृत्युको वृहत मूल्यांकन गर्न गाह्रो भएको संस्थाको निष्कर्ष छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू