अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३१ | Colorodo: 02:46

सरकारले मरिच, केराउ, छोकडा र सुपारीमा लगाएको पूर्ण आयात बन्देज हट्यो

बिआरटीनेपाल २०७७ चैत ५ गते ८:२१ मा प्रकाशित

मरिच, केराउ, छोकडा र सुपारीमा लगाएको पूर्ण आयात बन्देज हटाईएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा फागुन २५ गते बसेको बैठकले पूर्ण बन्देजलाई हटाउँदै परिमाणात्मक बन्देज लगाएको हो । मन्त्रिपरिषद्ले पूर्ण बन्देज हटाएर परिमाणात्मक बन्देज लगाएको मन्त्रालयका उपसचिव एवं सह प्रवक्ता उर्मिला केसीले जानकारी दिनुभयो ।

परिमाणात्मक बन्देज बारेको सूचना राजपत्रमा निकाल्ने तयारी भइरहेको उहाँको भनाई छ । कोरोना महामारीका कारण देशव्यापी लकडाउन सुरु भएपछि सरकारले धेरै आयात हुने अतिआवश्यक बाहेकको वस्तुहरु मदिरा, मरिच, केराउ, छोकडा र सुपारी लगायतको आयातमा पूर्ण बन्देज लगाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय