अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३३
| Colorodo: 23:48
अमेरिकामा पछिल्ला दिनहरूमा एसियन मूलका व्यक्तिहरूमाथि अमानवीय व्यवहार बढ्न थालेकोे छ । दुई साता नवित्दै अमेरिकामा ट्याक्सी चालकको काम गर्दै आएका दुई नेपालीमाथि दुर्व्यवहार भएको छ ।
हालै न्यूयोर्कमा उवर (ट्याक्सी)चालक आशिष सापकोटामाथि ट्याक्सीमै दुर्व्यवहार भएको छ । अमेरिकी यात्रुले सापकोटालाई आक्रमण गर्दा उनको कञ्चटमा गम्भीर चोट लाग्दा गोडामा पनि सामान्य चोट लागेको छ । उपचारपछि घर फर्किएका आशिष अमेरिकी प्रशासनसँग न्याय माग्दैछन् ।
यसअघि क्यालिफोर्नियाका शोभाकार खड्का माथि पनि केही युवतीहरूले दुर्व्यवहार गर्दै आक्रमण गरेका थिए ।