अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३७ | Colorodo: 02:52

शेयर बजारमा दोहोरो अंकको गिरावट

बिआरटीनेपाल २०७७ चैत २ गते ८:५९ मा प्रकाशित

सोमबार पनि शेयर बजारमा दोहोरो अंकको गिरावट जारी रह्यो ।कारोबार शुरु भएसँगै सकारात्मक रहेर २४ सय ३४ सम्म पुगको बजार परिसूचक नेप्से तीब्र उतार चढावबीच १८ अंकले ऋणात्मक रहेर २४ सय तल आएरु थामियो ।नेप्से २३ सय ७९ कायम भएर थामिएको हो । क बर्गका कम्पनीका कारोबार मापक सेन्सेटिभ इन्डेक्स ५ अंकले घटेको छ ।

यस दिन कारोवार पनि औसत दिनका तुलनामा न्यून नै रह्यो ।यस दिन बढी समूह रातो रहे । होटल तथा पर्यटन, व्यापार र उत्पादनमूलक समूह सकारात्मक रहँदा सामुहिक लगानी कोष र लगानी समूह स्थीर जसो रहे ।अरु समूह ओरालो लागे । होटल तथा पर्यटन समूह ९१ अंकले उकालो लागेको हो ।

व्यापार समुहमा ५५ अंकको सुधार आयो । यस दिन निर्जिबन बीमा समूह सबैभन्दा उच्च १ सय ९२ अंकले ओरालो लाग्यो भने जिबन बिमा समूहमा पनि १ सय २१ अंकको गिरावट आयो ।

वित्त, लघुवित्त र बैंकिङ समूह पनि दोहोरो अंकले झरे । यस दिन १ सय १६ कम्पनीको शेयर मुल्यमा गिरावट आउँदा मात्र ४६ कम्पनीको शेयर मुल्यमा बुद्धि आयो ।१४ कम्पनीको मुल्य स्थीर रहेको नेप्सेले जनाएको छ । यस दिन चन्द्रागिरी हिल्स, घलेम्दी हाइड्रो, पञ्चकन्या माई हाइड्रोका लगानीकर्ताले बढी कमाउँदा हिमालय पावर पार्टनर, सुर्योदय लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले बढी गुमाएका छन् ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय १२ कम्पनीको ९६ लाख बढी कित्ता शेयर ४ अर्ब २४ करोड बढीमा कारोवार भएको एक्सचेन्जले जनाएको छ । यसैबीच, नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लन्डन स्टक एक्सचेन्जमा बन्ड जारी गर्ने भएको छ । निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेञ्जमा ३० मिलियन डलर बराबरको साढें ८ प्रतिशत ब्याजको बन्ड जारी गर्न लागेको जानकारी दिनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय