अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४४ | Colorodo: 13:59

किन माया लाउँछ पछि उदय भट्टराईको “नौतुनको रेल” चर्चाको शिखरमा (भिडियो सहित)

बिआरटीनेपाल २०७७ फागुन २९ गते ८:५० मा प्रकाशित

काठमाडौँ । हाल अमेरिकामा रहेर नेपाली लोक तथा दोहोरी गीत सङ्गीतको क्षेत्र सम्वृद्धिका निमित्त चिन्तित नाम मध्य एक नाम हो उदय भट्टराई । उनले यस अगि धागो राम्रो घुम्ने चर्खाको, कति मिठो बोली, पाइलै पिच्छे जरो खन्छ्यौ रे, यो बैँसमा रुन पर्याछ, धोकै दिएयौ नि, किन माया लाउँछ लगायतका गीतहरूबाट बजारमा लिएर आइसकेका छन् । सर्जक उदयको पछिल्लो साङ्गीतिक प्रस्तुति “किन माया लाउँछ” को चर्चा सेलाउन नपाउँदै अर्को गीत “नौतुनाको रेल” सार्वजनिक भएको छ ।

ब्यवसाहिकताको नाममा मौलिकता भुल्न नहुने मान्यता बोक्ने उनले बाध्यता र विवशतामा घर छोडेर परदेश निस्किनु परेका असङ्ख्य नेपालीहरूको कथालाई यस गीतमा बुनेका छन् । समग्र रूपमा यस गीतको भाव सामाजिक यथार्थपरक रहेको छ । गीतलाई रेसम निर्दोष र शान्ति श्री परियारले स्वर बद्ध गरेका छन् । गीतलाई लय केशव शर्मा सुबेदीले भरेका हुन् भने शब्द लोकप्रिय सर्जक उदय भट्टराईले भरेका छन् ।

गीतको भाव अनुसार म्युजिक भिडियोलाई पनि निकै आकर्षक बनाइएको छ । भिडियोमा नम्रता सापकोटा र रेसम निर्देश देखिएका छन् । कुमार के.सी द्वारा निर्देशित भिडियोलाई छायाङ्कन अजय रेग्मीले गरेका हुन् भने सम्पादन टेकेन्द्र शाहको रहेको छ । गोर्खा नगरपालिका वडा नम्बर १ श्याम बजार स्थायी घर भएका उदयको यो साङ्गीतिक प्रस्तुतिलाई सबैले मन परईदिनु हुनेछ भन्ने विश्वास निर्माण युनिटले लिएको छ । गीतको अडियो तथा भिडियोको सर्वाधिकार उदय भट्टराई युट्युब च्यानल सँग सुरक्षित रहेनछ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू