अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३४ | Colorodo: 05:49

पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा मेरो हस्तक्षेप छैन– मन्त्री भट्ट

बिआरटीनेपाल २०७७ फागुन २२ गते ७:२९ मा प्रकाशित

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पेट्रोलियम पदार्थको मुल्यवृद्धिको सम्बन्धमा आफुले हस्तक्षेप नगरेको बताउनुभएको छ ।शनिबार नेपाल आयल निगमको पेट्रोलियम पदार्थ भण्डारणको नयाँ डिपो उद्घाटन गर्दै उद्योगमन्त्री भट्टले पेट्रोलियम पदार्थको मुल्यवृद्धि गर्न तथा घटाउन आफूले कतै पनि हस्तक्षेप नगरेको स्पस्ट पार्नुभयो ।

मन्त्री भट्टले विकास निर्माण नचाहने, ध्वंस र विनास चाहने प्रवृत्ति आफुहरूभित्रै रहेकाले त्यसविरुद्ध संघर्ष गर्नुपर्ने बताउनुभयो । अहिले सरकारले गरेका काम अवरोध गर्नेहरू आफ्नै समूहभित्र रहेको उहाँको भनाइ छ । मन्त्री भट्टले सरकारी कर्मचारी सरकारविरुद्ध सडकमा जाने गरेको उल्लेख गर्दै त्यसको समिक्षा गर्नुपर्ने बेला आएको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय