अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२४
| Colorodo: 02:39
नेकपा प्रचण्ड–नेपाल समूहले जनता समाजवादी पार्टी जसपासँग मिलेर जाने प्रस्ताव राखेको छ । संसद पुनस्र्थापना भएसँगै सबै दलहरुसँग छलफल अगाडि बढाएको प्रचण्ड–नेपाल समूहका शीर्ष नेताहरुले आज जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गर्नुभएको हो ।
‘उहाँहरुले मिलेर अगाडि जानुपर्छ भन्नुभयो,’ जसपा नेता राजेन्द्र महतोले छलफलपछि जानकारी दिंदै भन्नुभयो ‘हामीले केपी ओलीको प्रतिगमन त सच्चियो । संविधान बनाउने बेला भएको प्रतिगमन कहिले सचिन्छ भनेर भनेका छौं ।’ यसअघि प्रचण्ड–नेपाल समूहका नेताहरुले काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए ।