अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४०
| Colorodo: 23:55
शैक्षिक प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलनले सोमबार टियुमा गर्न लागेको ’शैक्षिक प्रतिगमन विरुद्ध टियु मार्च’ मा प्रहरीले हस्तक्षेप गरेको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार सोमबार विद्यार्थीहरुले त्रिवि परिसरमा नाट्य कार्यक्रम गर्न ल्याएका सामग्रीहरु प्रहरीले खोसेको छ ।
कीर्तिपुरको पांगा दोबाटोबाट नागरिक आन्दोलनको र्याली त्रिवि परिसर जाने क्रममा बीच नाटकका लागि ल्याइएको सामग्री प्रहरीले सडकबाटै खोसेपछि उनीहरु धर्नामा उत्रिएका थिए । उनीहरुले उपकुलपतिको कार्यालय अगाडिको सडकमा बसेर प्रहरी हस्तक्षेपविरुद्ध धर्ना दिएका हुन् । ’गो ब्याक प्रहरी,हाम्रो सामान फिर्ता दे’ भन्दै उनीहरुले नाराबाजी गरेका छन् । प्रदर्शनकारीहरुले त्रिविको भित्री सडक अवरुद्ध पार्दै नाट्य सामग्री फिर्ता गर्न माग गरेका छन् ।