अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५२ | Colorodo: 18:07

क्रिकेटको दोस्रो चरणको बन्द प्रशिक्षण सुरु

बिआरटीनेपाल २०७७ फागुन २ गते ७:१० मा प्रकाशित

नेपाल क्रिकेट संघ क्यानले आइतबारदेखि दोस्रो चरणको बन्द प्रशिक्षण शुरु गरेको छ । । ओमानमा मार्चमा हुने भनिएको प्रतियोगिता कोरोनाका कारण स्थगित भए पनि क्यानले बन्द प्रशिक्षण भने जारी राख्ने जनाएको छ । पहिलो चरणको बन्द प्रशिक्षणमा ३२ जना खेलाडी राखेको क्यानले दोस्रो चरणमा भने २० जना खेलाडीलाई मात्रै समावेश गरेको छ । अधिकांश युवा खेलाडीहरु दोस्रो चरणको प्रशिक्षणमा सहभागी छैनन् ।

उक्त सूची अनुसार यसअघि ३२ मा नपरेका बसन्त रेग्मी २० जनाको सूचीमा भने अटाएका छन् । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटका बेला घाइते भएका आरिफ शेखकको ठाउँमा बसन्तलाई राखिएको जनाइएको छ ।दोस्रो चरणमा ज्ञानेन्द्र मल्ल, पारस खड्का, दीपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, शरद भेषावकर र कुशल मल्ललाई राखिएको छ ।

यस्तै अविनाश बोहोरा, कमलसिंह ऐरी, आशिफ शेख, सुशन भारी, कुशल भुर्तेल, ललित राजबंशी, विक्रम शोव, सन्दीप जोरा, पृथु वास्कोटा, सहाव आलम र बसन्त रेग्मी पनि बन्द प्रशिक्षणमा सहभागी छन् ।

प्रतिक्रिया