अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४९ | Colorodo: 20:04

आर्यन र उपासना यस्ता छन् ‘डिसेम्बर फल्स’ मा

बिआरटीनेपाल २०७७ माघ २८ गते ६:३६ मा प्रकाशित

काठमाडौँ । माघ पहिलो साताबाट पोखराका विभिन्न स्थानमा छायाङ्कन भइरहेको फिल्म ‘डिसेम्बर फल्स’ का केही फोटोहरू सार्वजनिक भएका छन् । निर्माण पक्षले गोप्य राख्दै आए तापनि कसो कसो ती तस्बिर बाहिर आएका हुन् । फोटामा फिल्मका प्रमुख अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीका विभिन्न भावमा प्रस्तुत भएको देखिन्छ ।

भारतीय टेलि तथा फिल्म क्षेत्रमा कार्यरत निर्देशक प्रवीण झाको निर्देशनमा निर्माण भइरहेको फिल्मलाई दक्षिण भारतीय फिल्मका व्यस्त छायाकार महेश आर गुप्ताले खिचिरहेका छन् । रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता लक्ष्मण रिजाल र निर्मातामा राजकुमार भट्ट छन् । फिल्मको केही दिनमा पोखरा सेडयुल समापन हुने र त्यसपछि झन्डै दुई साता काठमाडौँमा खिचिने बताइएको छ ।

फिल्ममा आर्यन र उपासनाका साथमा सुमन थापा रोहित,सलोन बस्नेत, दयाराम दाहाल, नरेश भट्टराईको अभिनय छ । बिपीका खनालको कथा रहेको फिल्मको पटकथा र संवाद केदार भुसालले लेखेका हुन् । ०७८ को साउन १ गते प्रदर्शन हुने फिल्मको युट्युब र अस्ट्रेलिया राइट महँगो मूल्यमा बिक्री भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू