अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३४ | Colorodo: 08:49

नेप्से साढे ३७ अङ्कले बढ्यो, कारोबार रकममा दिनदिनै ’रेकर्ड’ बन्दै

बिआरटीनेपाल २०७७ माघ २६ गते ६:२५ मा प्रकाशित

शेयर बजार परिसूचक नेप्से सोमवार साढे ३७ अङ्कले बढेको छ । बैंकिङ समूहको शेयर ६२ अङ्कले बढेसँगै नेप्से ३७ दशमलव ४८ अङ्कले बढेर २५ सय ६१ दशमलव ४७ विन्दुमा पुगेको छ । सोमवार होटल समूहको शेयर २८ अङ्कले, विकास बैंक समूहको ८६ अङ्कले, फाइनान्सको २२ अङ्कले, अन्यको नौ र जीवन बीमा समूहको शेयर दुई सय ११ अङ्कले बढेको छ । व्यापार, जलविद्युत्, निर्जीवन बीमा, उत्पादन र माइक्रोफाइनान्स समूहको शेयर घटेको छ ।

सोमवार दुई सय ६ वटा कम्पनीका दुई करोड ११ हजार कित्ता शेयर १० अर्ब ६१ करोड ९१ लाख रुपैयाँमा कारोबार भए । नेपाली शेयर बजारमा यो अहिलेसम्मकै धेरै कारोबार रकम हो । सबैभन्दा धेरै प्रभु बैंकको ६२ करोड १३ लाख रुपैयाँको शेयर किनबेच भयो । सोमवार ग्रामीण विकास लघुवित्त र प्रभु बैंकका लगानीकर्ताले नौ प्रतिशतभन्दा धेरै कमाएका छन् । समग्र बजार बढे पनि हिमालय ऊर्जा विकास कम्पनी र उन्नति सहकार्य लघुवित्तका शेयरधनीले ६ प्रतिशतभन्दा धेरै गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय