अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४३ | Colorodo: 08:58

हड्तालको दिन नेप्से आठ अङ्कले बढ्यो, सात अर्ब ६१ करोड रुपैयाँको कारोबार

बिआरटीनेपाल २०७७ माघ २२ गते ६:२२ मा प्रकाशित

शेयर बजार परिसूचक नेप्से बिहीवार आठ अङ्कले बढेको छ । नेप्से आठ दशमलव ३४ अङ्कले बढेर २४ सय ७५ दशमलव २६ विन्दुमा पुगेको छ ।बिहीवार व्यापार समूहको शेयर एक सय ३१ अङ्कले, जलविद्युतको ३६ अङ्कले, उत्पादनको ८४, माइक्रोफाइनान्सको एक सय ४६ र निर्जीवन कम्पनीको शेयर ७८ अङ्कले बढेको छ । बैंक, होटल, फाइनान्स, जीवन बीमा र म्युचल फण्डको शेयर भने घटेको छ ।

बिहीवार दुई सय एक कम्पनीका एक करोड ८७ लाख १९ हजार कित्ता शेयर सात अर्ब ६१ करोड ५० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको २७ करोड रुपैयाँभन्दा धेरैको शेयर किनरबेच भएको छ ।

१५ वटा कम्पनीका शेयरधनीले नौ प्रतिशतभन्दा धेरैका दरले कमाएका छन् । समग्र बजार बढे पनि कर्पोरेट विकास बैंक र प्रभु लाइफ कम्पनीका शेयरधनीले तीन प्रतिशतभन्दा धेरै गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय