अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३८ | Colorodo: 12:53

प्रधानमन्त्री कप क्रिकेटको उपाधि आर्मीलाई, एपीएफ ३३ रनले पराजित

बिआरटीनेपाल २०७७ माघ १७ गते ६:४४ मा प्रकाशित

चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । आर्मीले फाइनलमा अर्को विभागीय टिम एपीएफ क्लबलाई ३३ रनले पराजित गर्दै प्रतियोगिताको उपाधि जित्न सफल भएको हो ।

कीर्तिपुर स्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आर्मीले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएकोे एपीएफ ४१ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७८ रनमा समेटियो । उपाधि जितेको आर्मीले नगद १० लाख र उपविजेता एपीएफले ५ लाख प्राप्त गरेका छन् ।

प्रतिक्रिया