अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५५ | Colorodo: 02:10

माउन्ट केटु आरोहण गर्ने नेपाली टोलीलाई पाकिस्तानका राष्ट्रपतिकोे बधाइ

बिआरटीनेपाल २०७७ माघ ९ गते ७:३९ मा प्रकाशित

विश्वको दोस्रो सर्वोच्च शिखर माउन्ट केटु आरोहण गरेर विश्व कीर्तिमान कायम गरेको नेपाली टोलीलाई पाकिस्तानी राष्ट्रपति अरिफ अल्भीले बधाई दिनुभएको छ । आरोहीहरुको सम्मानमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै पाकिस्तानी राष्ट्रपति अल्भीले उनीहरुको उपलब्धीले पाकिस्तानको सफ्ट इमेज प्रवद्र्धन गर्नुका साथै पर्यटनलाई समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले आरोहीको साहसको प्रशंसा गर्दै नेपाल र पाकिस्तानको बिचमा लामो समयदेखि गहन सम्बन्ध रहेको चर्चा गनुभयो । कार्यक्रममा पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तान सरकारले आरोहण टोलीलाई गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।

नेपालका १० जना पर्वतारोहीले गत शनिबार पाकिस्तानस्थित केटु हिमालको आरोहण गरी विश्व कीर्तिमान कायम गरेका थिए । संसारको दोस्रो सर्वोच्च शिखर केटुमा हालसम्म हिउँद याममा कोही पनि पुग्न सकेको थिएन ।

प्रतिक्रिया