अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०५
| Colorodo: 12:20
मंगलबार नेपाली बजारमा सुनको भाउ ११ सयले बढेको छ । साताको दोस्रो दिन छापावाला सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार १ हजार १०० रुपैयाँले बढेर प्रतितोला ९६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी आज तेजावी सुन प्रतितोला ९५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार मंगलबार बजारमा चाँदीको भाउ पनि बढेर प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ ।