कविता
धेरै वर्षहरू बिते,
क्यालेन्डरका पानाहरू क्रमशः फर्किँदै गए,
आगतले विगतलाई सजिलै बिदा दिए,
ऋतुहरू आउने-जाने निरन्तरता कायम नै भए।
सामुमा, समय !-फगत इतिहास बन्यो!
समयको यो नियति, हिजो थियो, आज छ र रहिरहनेछ!
यही समयले फेरी हामी सबलाई,
इतिहास – चक्रको पात्रमा समावेश गर्दैछ।
के थाहा? हाम्रा भूमिकाहरू,पुरा भए-भएनन्?
कतै, उद्देश्य र लालचहरूमा, हाम्रा कामनाहरू हारेकी?
कतै, आडम्बरका बीदूरनितीहरूका खोलहरूले
धृतराष्ट्रहरूर जन्माएकी ? जस्ले् बीदम्स भैचालोहरू बनी बस्तीहरू नै सखाप पारेकी?
कतै पिरै-पीरले थिचेका छातीहरू र नियतिका चट्याङहरूले छिया-छिया भएका ती मुटुहरूको ,
आडम्बरीका शल्यचीकित्सक बनी उपचार पो गर्यौकी?
भैगो ! विवाद नगरौँ!
लेखाजोखाको सही हिसाब भैईरहेकैछ।
ढुक्क होऊँ ! यो नातावाद -कृपावादबाट मुक्त छ।
न त यो घुसखोरीको लालचमै फस्छ।
एउटा सीगौँ जीवनरूपी सबको यो “कक्षाकोठामा”,
नयाँ वर्षले फेरि “अध्यापन सुरु गरेको छ”।
आऊँ ! हामी सब आफ्नै -आफ्नै इतिहासका,
सीगॉ कि किताबहरूका ठेलीहरू पढौँ!
नदोह्याऊ पुराना ती गल्तीहरू !
सीकौ, आफ्नै इतिहासहरूबाट,
मनन गरौँ ! गहिरो आत्माको स्पदनहरूबाट ।
निष्पक्ष -न्यायलय कठघारमा आफूलाई उभ्याऊ।
र आफै स्वच्छ फैसलाहरू आफ्नै आत्माहरूबाट गरौँ!
अनि स्वागत गर्रौ !यो नयाँ वर्षलाई!!!
स्वागत गर्रौ यो नयाँ वर्षलाई!!!