अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२९
| Colorodo: 20:44
अष्ट्रेलियामा सन् २०२२ मा हुने ट्वेन्टी–२० विश्वकप क्रिकेटका लागि नेपालले सिधै ग्लोबल छनोट प्रतियोगिता खेल्न पाउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको खेलतालिकामा नेपाललाई सिधै ग्लोबल छनोट प्रतियोगितामा राखिएको हो ।
आईसीसीको टी–२० वरीयाताअनुसार नेपाल, सिंगापुर, युनाइटेड अरब इमिरेट्स र जिम्बाब्वेले सिधै ग्लोबल छनोट प्रतियोगितामा स्थान बनाएका हुन् । ग्लोबल छनोट प्रतियोगिताको समूह ‘ए’ र ‘बी’बाट शीर्ष दुई टिम गरी चार देशले अस्ट्रेलियामा २०२२ को फेब्रुअरीदेखि हुने विश्वकपमा सहभागिता जनाउन पाउनेछन् ।
टी–२० विश्वकपमा १६ टिमले प्रतिस्पर्धा गर्नेछन् । ग्लोबल छनोटमा पनि १६ टिमले प्रतिस्पर्धा गर्नेछन् । १३ महिनासम्म हुने छनोट प्रतियोगितामा २२५ वटा ट्वेन्टी–२० अन्तर्राष्ट्रिय खेल हुनेछन् ।