आज भोलि कतै कुनामा बन्दि बनाइएको छ ।
चुपचाप आफैमा खुम्चिएर सास गुम्सिएर रहेको छ ।
हरदम तिम्रा डरहरूले मन मस्तिष्क कमजोर भई बाँधिएको छ ।
झनै झनै त्रास बढै्छ,
ती अघिल्तिर लडेका लासहरूको आकृति देखेर
आँखा भरि भरि आँसु र
मुटु भरि भरि पिडा बोकेर
जिन्दगीको ओछ्यानमा एक्लो सम्बन्ध गाँस्नु परेको छ
घर भित्र थिचिएर बस्नुको विकल्प अझै छैन
बन्द छन् घर घरका पर्दा र ढोकाहरू
कतै गोली प्रहार हुने त होइन
आउने त होइन लुकिछिपी क्षेप्यास्त्र विलीन भएर
जादु झैँ मान्छे मान्छेको बिचमा
वर्तमान सबै लाई थाहा नै छ ।
यो सत्य हो पनि जीवनसँग मृत्यु जोडिन्छ।
थाहा न पाई थाहा पाई जीवन र मृत्युको बिचमा
कोभिड उभिएको छ अदृश्य बनेर जही त्यही ,
कैयौँ मुटु आफै हाँस्दै तडपिदै
विडम्बनाको सिरक भित्र जिन्दगी पोखिएको छ ।
घर घरमा मृत्युको सुनामी
घोप्टिएर,
जिउँदा हरूको जीवन उथल पुथल,
कालो बादलले छोपिएको उराठ लाग्दो साँझ झैँ ,,
मृत्युहरूको मोल तौलमा घटी बढी वरिपरि
साथमा आत्महत्याहरूको सुस्केरा रहर बढैछ,
नजिकको सम्बन्ध टाढा पुग्दैछ ,
नदीका दुई किनार झैँ मानव मानव बिचमा
हिजो अप्रिय र आज प्रिय दुरीको कामना हुँदैछ …
अछुतको लालमोहर,,
नजिक हुँदा दुई मन आक्रमणको अनुभूतिको डरमा
भौतारिदै परिस्थिति कैदी बनेको छ ।
दिनहरू बित्दैछन् सँगै समय बदलिँदै छ ,
संसार भरिनै एक आपसमा होडबाजीको घण्टी बजेको छ
बाच्न र जिन्दगीको बाकी पलहरू मिठो मुस्कानले पोत्न
सबैमा आतुर छ,
तर
उ थाक्दैन उ हाँस्दै गिज्याइ रहेको छ ,,
हाहा हा डरपोक भनेर म बलियो छु भन्थ्यो..
तर,, तर,, खोइ त मानिस त कातर रहेछौ मृत्यु डराउने
खिए खित खित हा हा हि हि गर्दै,
मृत्युको भाउ लगाउन व्यस्त छ कोभिड,,
उ मुसु मुसु हाँसी झरेको मोतिका दनाहरुमा
अब हेरौँ मृत्युको जुलुस भनेर पर्खँदै बसेको छ ..
कोभिड १९..