अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४४
| Colorodo: 19:59
यो घर उभिँदै गर्दा हाम्रो कत्रो शान थियो ।
ओत लाग्ने मात्रै हैन त्यो माटो को पहिचान थियो ।।
दिनभरि दुख्ख गरी बेलुका न्यानो आभास थियो ।
हावाहुरी,घामपानीमा,सुरक्षा र माया दियो ।।
मेरो घर त्यही हो भन्ने अभिमान त छदै थियो ।
भूकम्पको एक धक्का ले कहाँ कहाँ पुर्याइदियो ।।
धन्न मेरो क्यामराले नलड्दैमा फोटो लियो ।
छोरा, नाति, पनातिलाई फोटो मात्रै नासो दियो ।।
कतै देशको नक्सा पनि घरकै जस्तो हुने हो कि ?
भावी सन्तानले सोध्लान् बाबा यो देश कस्तो थियो ?